‘हाम्रो विरोधले केही रोकिएको छैन’

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपनेता सुवासचन्द्र नेम्वाङ्गले संसद्को एमालेको विरोधले केही नरोकिएको बताएका छन् । शुक्रबार (आज) बसेको प्रतिनिधि सभा बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेता नेम्वाङले भने, ‘हामीले विरोध गरेका हौँ यसमा विवाद नै छैन । तर, हाम्रो विरोधले केही रोकेको छैन । यदि सरकारले एमालेको कारणले कामहरू रोकिएको भन्छ भने त्यो हाँस्यास्पद हो ।’

अहिले सरकारले संसद्मा गरिरहेको काम बेठिक भएको नेता नेम्वाङ्ग बताउँछन् । भन्छन्— ‘प्रमुख प्रतिपक्षीको कुरै नसुनीकन अगाडि बढ्न नियमविपरीत हुन्छ । अहिले सरकारले जे गरिरहेको छ, त्यो हुन नहुने काम भइरहेको छ । यो एकदमै बेठिक भइरहेको छ ।’

सरकार मनोमानी ढङ्गबाट चलिरहेको उनको टिप्पणी थियो । ‘एमालेको विरोधका बीच नै अध्यादेशहरु ल्याइए । दल फुटाइए । निजामती विधेयक यत्ति लामो समय संसद्मा राखेर फेरि फिर्ता गरियो । हुँदाहुँदा अरबौँ भित्र्याइए पनि श्रोत नखोजिने भयो । यो कुनै पनि हुन नहुने काम हो र मनोमानी हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *