कांग्रेसबाट थपिने मन्त्रीहरूको टुङ्गो : मिनेन्द्रलाई रक्षा, कानूनमा दिलेन्द्र

काठमाडौँ । नेपाली कांग्रेसकाे तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लागेको छ । प्रधान मन्त्री एवम् कांग्रेस संसदीय दलका नेता सभापति शेरबहादुर देउवाले शुक्रबार (आज) आज कांग्रेसका ४ नयाँ मन्त्री थपिँदैछन् ।

आज थपिने मन्त्रीहरूमा डा. मिनेन्द्र रिजाल र दिलेन्द्र बड्डू छन् । उनीहरूले क्रमशः रक्षा र कानूनको जिम्मेवारी सम्हाल्नेछन् । यस्तै उमा रेग्मीले महिला तथा बालबालिका र उमाकान्त चौधरीले खानेपानी मन्त्रालयको जिम्मेवारीको शपथ लिँदैछन् ।

कानून मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ । अहिले उनले सरकारको प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *