जिम्मेवारी हेरफेरसहित एकीकृत समाजवादीले बुझायो प्रधान मन्त्रीलाई मन्त्रीको सूची

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा प्रतिनिधित्व गर्ने चार मन्त्री र एक राज्यमन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । अन्तिम समयमा एकीकृत समाजवादीको सचिवालयले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेर नाम बुझाएको हो ।

यसअघि सहरी विकास भनिएका विरोध खतिवडालाई स्वास्थ्यमन्त्री बनाइने भएको छ । त्यस्तै रामकुमारी झाँक्रीलाई पर्यटन र प्रेम आलेलाई सहरी विकास मन्त्रीको जिम्मेवारी दिन सिफारिस गरिएको छ ।

यस्तै किसान श्रेष्ठ श्रममन्त्री बन्ने भएका छन् भने भवानीप्रसाद खापुङ स्वास्थ्य राज्यमन्त्री बन्दैछन् । उनले राज्यमन्त्री मात्रै दिने भएपछि असन्तुष्टि जनाएका थिए । यद्यपि उनलाई मनाइएको एक नेताले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *