एमालेको तेस्रो धारप्रति प्रचण्डको कटाक्ष : बौद्धिक रहेछन् भनेको त स्वार्थका लागि मिले

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेको तेस्रो धार स्वार्थको निम्ति पुनः एमालेमै फर्किएको बताएका छन् । सोमबार (आज) नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘दोस्रो धार त बौद्धिक रहेछन् भनेको त के को, पछि त स्वार्थकै लागि मिल्छन्,’ प्रचण्डले भनेका छन् ।

एमालेमा विचार तथा सिद्धान्त केही नभएको प्रचण्डको भनाइ थियो । ‘जबज भनिदिएको छ, मदन भण्डारी भनिएका छन,’ प्रचण्डले भने, ‘अरू त त्यही हो । एउटा सूर्य छ । अनि लोगो छ विज्ञापनजस्तो । मदन भण्डारीको ठाउँमा केपी ओली भन्न खोजिएको छ । यत्ति हो ।’

छुट्टै प्रसङ्गमा प्रचण्डले अहिलेको राजनीतिक दलहरूसँग समाजवादको स्पष्ट चित्र नभएको बताएका छन् । ‘अहिले समाजवादी क्रान्ति भनिएको छ । तर, कसैको दिमागमा समाजवादको स्पष्ट चित्र छैन,’ प्रचण्डले भने, ‘समाजवादी रणनीतिअन्तर्गत कस्तो अर्थ नीति अपनाउने भन्नेबारे कोहीसँग केही रणनीति छैन ।’

यसैबीच प्रचण्डले माओवादी अन्य दलहरूभन्दा फरक र विकासवादी धरातलबाट आएको बताए । माओवादीको एजेण्डा जनतामाझ स्थापित भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *