भाडा समायोजनको माग गर्दै सार्वजनिक सवारीमा हडताल (तस्बिरहरू)

काठमाडौँ । भाडा समायोजनको माग गर्दै यातायात व्यवसायीले काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा हडताल गरेका छन् । उनीहरूले रिङ रोडभरि झन्डै ५ सय वटा बस तेर्स्याएर विरोध गरिरहेको छन् ।
उनीहरु सडकमै बस तेर्स्याएर चाबी लिएर हिँडेका छन् । हडतालका कारण यता सर्वसाधारणलाई सास्ती भएको छ ।  भने ट्राफिक प्रहरीलाई पनि सवारी व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ ।
संघीय सरकारले गत असारमै भाडा समायोजनको निर्णय गरे पनि बागमती प्रदेश सरकारले लागु नगरेकाले व्यवसायी मर्कामा परेको भन्दै आन्दोलनमा उत्रिनु परेको उनीहरूले बताएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *