स्वास्थ्य सुधार भएपछि अध्यक्ष नेपाल घर फर्किए
२०७८ असोज १८ गते

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल स्वास्थ्य लाभ गरी घर फर्किएका छन् । स्वास्थ्यमा खराबी देखिएपछि गत असोज १३ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका नेपाल सोमबार (आज) डिस्चार्ज भएको सचिवालय सदस्य मोहन गौतमले बतााए ।
यसपछि नेपालले अझै केही दिन घरमै आराम गर्नेछन् । ‘स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गर्नुहुन्छ,’ गौतमले भने, ‘त्यसपछि मात्रै उहाँ राजनीतिक गतिविधिमा सरिक हुनुहुन्छ ।’
नेपालले आफू अस्वस्थ भएपछि आफ्नो साटो राजनीतिक गतिविधिमा सरिक हुन नेता राजेन्द्र पाण्डेलगायतलाई भनेका थए ।
२०७८ असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित








