डडेल्धुरामा कांग्रेसका केन्द्रीय नेता सम्मिलित भेलामा झडप

धनगढी । डडेल्धुरामा कांग्रेसको भेलामा दुई पक्षबीच झडप भएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लासमेत रहेको डडेल्धुरामा कांग्रेसकै दुई पक्षबीच झडप भएको हो ।

सभापति देउवा इतर समूहले बोलाएको भेलामा कांग्रेस केन्द्रीय सदस्य केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे सहभागी छन् ।

आमसभा भइरहेका बेला देउवा पक्षले हस्तक्षेप गर्न खोजेपछि झडप भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले भने आमसभामा एक आपसमा कांग्रेस कार्यकर्ताबीच धकेलाधकेलमात्रै भएको बताए । उनले घाइते भएको विवरण प्रहरीसम्म नपुगेको बताएका छन् । उनले पार्टीको भेला जारी रहेको बताए ।

जिल्ला सभापति कर्ण मल्ल समूहको विरोधका बीच देउवाले हस्तक्षेप गरेर वडा र पालिका अधिवेशन गरेपछि डडेल्धुरा कांग्रेसमा विवाद बढ्दै गएको छ ।

मल्ल समूहले जिल्लामा वडादेखि नै पुनः आमसभा आयोजना हुनुपर्ने माग गर्दै आएको छ । अधिवेशनमा सभापति देउवाले हस्तक्षेप गरेको भन्दै त्यसको विरोधमा मल्ल समूह अनसनमा पनि बसेको थियो ।

विवादबारे अध्ययन गर्न नेताहरू आइतबार डडेल्धुरा पुगेपछि ११ दिनदेखि जारी अनसन भने स्थगित गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *