अखिल (क्रान्तिकारी)को अध्यक्ष दाबी गर्ने बस्नेतसहित ६ जना माओवादीको केन्द्रीय सदस्य बन्ने

काठमाडौँ । अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्ष दाबी गर्ने ६ विद्यार्थी नेता नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य बन्ने भएका छन् । यसअघिकी उपाध्यक्ष पञ्चा सिंह अखिल (क्रान्तिकारी) को अध्यक्ष बनाइएसँगै दाबेदार अन्य ६ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाउने तय भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

केन्द्रीय सदस्य बन्ने विद्यार्थी नेताहरूमा यसअघिका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतसँगै तिलकराज भण्डारी, उत्तम अधिकारी, दीपक देवकोटा र विजय गौतम रहेका छन् । आइतबार (आज) बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यार्थी नेताहरूसँग छलफल गरेपछि सिंह अखिल क्रान्तिकारीको अध्यक्ष बनेकी हुन् ।

माओवादी केन्द्रले विधानमै ४० वर्ष उमेर नकटेका २० प्रतिशत युवालाई केन्द्रीय समितिमा थप गर्ने जनाइएको छ । ती नेताले भने, ‘यही योजना र व्यवस्थाअनुरूप उहाँहरूको व्यवस्थापन यसरी गरिएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *