पञ्चा सिंह चुनिइन् अखिल क्रान्तिकारीको अध्यक्ष

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्षमा पञ्चा सिंह चुनिएकी छन् । आइतबार (आज) बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यार्थी नेताहरूलाई खुमलटार बोलाएर उक्त निर्णय सुनाएका हुन् । अध्यक्षमा सिंहसँगै सुरेन्द्र बस्नेत दाबेदार थिए ।

यसअघि शनिवार (हिजो) बसेको माओवादी स्थायी कमिटीको बैठकले अध्यक्ष प्रचण्डलाई विद्यार्थी नेतृत्व छान्ने जिम्मा दिएको थियो । यसपछि आज बिहान विद्यार्थी नेताहरूसँगको छलफलपछि प्रचण्डले यस्तो निर्णय सुनाएका हुन् ।

अब २२औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुनेछ । सिंहको नाम नयाँ अध्यक्षका लागि खुमलटारबाट बन्दसत्र चलिरहेको प्रज्ञा भवन पठाइसकिएको एक नेताले बताए । सिंह अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्मानिकट मानिन्छिन् ।

सिंह क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष हुन् । गत बिहीबारदेखि काठमाडौँमा जारी २२औं राष्ट्रिय सम्मेलनमा अन्य ९ प्रतिस्पर्धीलाई पछि पार्दै सिंह नयाँ अध्यक्ष बनेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *