न्यू डायमन्ड महिलातर्फको राष्ट्रिय भलिबल च्याम्पियन

काठमाडौँ । न्यू डायमन्ड क्लबले छैटौँ एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिवार (आज) भएको खेलमा नेपाल एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै न्यू डायमन्ड च्याम्पियन बनेको हो ।

न्यु डायमन्डको यो बर्षको पहिलो उपाधि हो । गत बैशाखमा भएको भोटेकोशी अध्यक्ष कपमा न्यू डायमन्ड एपीएफसँग पराजित भएको थियो  । पहिलो सेट गुमाएपनि न्यू डायमन्ड पूनरागमन गर्न सफल भयो । उपाधिसँगै डायमन्डले ४ लाख तथा दोस्रो भएको एपीएफले २ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

यस्तै पुलिस क्लबलाई हराउँदै  तेस्रो भएको त्रिभुवन आर्मी क्लबले १ लाख रुपैयाँ प्राप्त गरेको छ । नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *