मृत्यु भएकाहरूको नाममा १६ लाख वृद्धभत्ता हिनामिना, ५ कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौँ । मृत्यु भएकाहरूको नाममा झन्डै १६ लाख वृद्धभत्ता हिनामिना गरेको आरोपमा ५ कर्मचारीहरूविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालकाअनुसार फर्जी नामावली र बील भरपाई खडा गरेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको अभियोगमा उदयपुरका तत्कालीन पाँच गाविस सचिवहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । ‘आर्थिक हिनामिनामा उहाँहरूविरुद्ध मुद्दा दायर गरिएको हो,’ प्रवक्ता रिसालले भने, ‘त्यो मुद्दा अख्तियारको तर्फबाट दायर भएको हो ।’

उदयपुरको साबिक रामपुर ठोक्सिला गाविसमा तत्कालीन सचिवको जिम्मेवारीमा रहेका ५ जनाले मृत्यु भइसकेकाहरूको लगत कट्टा नगरी पाँच वर्षसम्म नक्कली बीलभरपाइ बनाएर १६ लाख ४० हजार ५ सय हिनामिना गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको प्रवक्ता रिसालले बताए ।

मुद्दा पर्नेहरूमा तत्कालीन सचिव रही हाल मालपोत कार्यालय, उदयपुरका नासु केशवप्रसाद आचार्य, हाल रौतामाई गाउँपालिका ७ का वडासचिव लोकेन्द्र कार्की, हाल तथ्यांक कार्यालय, उदयपुरमा कार्यरत खरिदार विशाल सुन्दास, हाल रौतामाई गाउँपालिकाका अधिकृत माधवप्रसाद खतिवडा र हाल अवकासप्राप्त शाखा अधिकृत पुष्पराज सिग्देल रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =