विवाह अगावै गर्भवती रञ्जना !

काठमाडौँ । अभिनेत्री रञ्जना शर्मा गर्भवती भएकी छन् । यसै वर्षको कृष्ण जन्माष्टमीमा हिन्दु परम्परा अनुसार विवाह गरेकी उनी गर्भवती भएकी हुन् ।

नेपाल आएर विवाह गर्ने योजनासहित अमेरिकामा स्वयंवर गरेका रञ्जना दम्पतीले हतारमा उतै विवाह गरेका थिए । विवाहअघि नै गर्भवती भएकोले हतारमा विवाह गरेको गाइँगुइँ चलचित्र वृत्तमा चलिरहेको थियो ।

रञ्जना स्वयम्ले सामाजिक सञ्जालमा तस्बिर राख्दै गर्भावस्थाको विषयमा जानकारी दिएकी छन् । उनले बेबी बम्प सहितको तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरमा वेलकम (स्वागतम्) लेखिएको कुसन समेत देख्न सकिन्छ ।

शर्माले सम्बन्ध विच्छेदको लामो समयपछि आफ्ना प्रेमी निकेश सिलवालसँग विवाह गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *