ईपीएल : विराटनगरविरुद्ध फिल्डिङ गर्दै चितवन
२०७८ असोज १० गते

फाइल फाेटाे
काठमाडाैँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । चितवनका कप्तान सोमपाल कामीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
विराटनगरका कप्तान पारस खड्काले प्रतियोगिता नखेल्ने निर्णय गरेपछि करण केसीको कप्तानीमा टोली मैदान उत्रेको छ । आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।
२०७८ असोज १० गते
प्रतिक्रिया
सम्बन्धित








