पठाओ नेपाल: डिजिटल सवारीका तीन वर्ष 

काठमाडौँ । समय क्रम सँगै जीवनशैलीलाई अझ सहज र सुरक्षित बनाउन सफल राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालको व्यावसायिक यात्रा सुरु भएको ३ वर्ष पूरा भएको छ ।

२५ सेप्टेम्बर २०१८ मा बाइकमा राइड सेयरिङ मार्फत पठाओले सेवा सुरु गरेका थियो। नेपाल जस्तो विकासोन्मुख देशमा पठाओ मार्फत दुई पाङ्ग्रे सवारीमै हजारौँलाई रोजगारीको अवसर सिर्जना गर्न सफल भएकोमा आफूहरू अझै उत्साहित भएको पठाओ नेपालका क्षेत्रीय निर्देशक असीम मान सिंह बस्न्यातले बताए ।

९ अगस्ट २०१९ मा पठाओमा कार लाइट अर्थात् ट्याक्सी सेवा मात्र जोडिएन यसले क्याप्टेन (ट्याक्सी चालक)हरूको अतिरिक्त आम्दानीमा टेवा दिँदै ट्याक्सीको सेवालाई बार्गेनिङको झन्झट हटाउँदै गेट देखि गेट सम्म पुगेको छ । अहिले राजधानीका पचास प्रतिशत भन्दा बढी ट्याक्सी चालक प्रविधि मैत्री हुँदै पठाओमा आबद्ध भएको बस्न्यातले बताए ।

राइड रेयरिङ सुरु गरेको २ वर्ष पछि २५ सेप्टेम्बर २०२० मा पठाओले होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै ुपठाओ फुडु सुरु गरेको थियो । पठाओ फुड सुरु गरेको एक बर्मै लोकप्रिय फुड डेलिभरी ब्रान्ड बन्नुको श्रेय आम उपभोक्तालाई नै जाने बस्न्यातले जानकारि दिए ।

राइडर र सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै पठाओले राइड सेयरिङमा नेपालमै पहिलो पटक एभरेस्ट इन्स्योरेन्स सँगको सहकार्यमा बिमाको सुरुवात समेत गरेको छ । हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले पठाओ बजार पनि सुरु गरेको छ। सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरी जेठ ३० गते देखी पठाओ बजार सुरु गरिएको थियो ।

हालै पठाओ नेपालले नेपालीहरूको महान् चाड बडादशैँको अवसरमा राइडर र सेवाग्राही दुबैलाई लक्षित गरी पठाओ दशैँ महोत्सव घोषणा गरेको छ । महोत्सवमा बम्पर उपहारमा राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन १२ प्रो जित्ने मौका रहेको छ ।

पठाओ नेपालको यात्रा तेस्रो वर्ष पूरा गरेको यो खुसीको अवसरमा विज्ञप्ति जारी गर्दै बस्न्यातले भने , ‘नेपालको उत्कृष्ट राइड सेयरिङ कम्पनी बनाउन सहयोग गर्नुहुने हाम्रा सम्पूर्ण सेवाग्राही, मिडियाका साथीहरू, साझेदार कम्पनी, राइडर-क्याप्टेन र फुडम्यान साथीहरू तथा कार्यालयका साथीहरू प्रति कृतज्ञ छौ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *