आजबाट ईपीएल : कुन टिम कस्ता ?

काठमाडाैँ । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग ईपीएल क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । टियु क्रिकेट मैदानमा हुने ईपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स -११ बीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र काठमाडौंबीचको खेल मध्यान्न १२:१५ बजे सुरु हुनेछ ।

कुन टिम कस्ता ?
यो पटक साविक च्याम्पियन ललितपुर प्याट्रियट्स कप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएसँगै ललितपुर ब्याग फुटमा छ । किनकि एक अनुभवी स्टारको अभाव उसलाई हुने नै छ । साथै गत सिजन चलेका विदेशी खेलाडी यो पटक टिममा छैनन् । त्यसले गर्दा उसको यो पटकको प्रदर्शन कस्तो हुन्छ भन्न सकिने अवस्था छैन । गत सिजन चम्केका गौरभ तमोर, जयकिशन कौल्सवाला र सन्नी पटेल लगायत खेलाडी यो पटक छैनन् । तर उसले यो पटक अज्मतुल्लाह ओमरजाई (अफगानिस्तान),  ओशाडा फर्नान्डो (श्रीलंका), शनदुन विराक्कोडी (श्रीलंका) र मिक्यो दोर्जी (भुटान) को साथ भने रहने छ ।

त्यस्तै विराटनगर वारियर्स पनि यो पटक नियमित कप्तान पारस खड्काको अनुभव बिना मैदानमा हुने छ । यो पटक विराटनगर तुलनात्मक रूपमा कमजोर मानिएको छ । यद्यपि विदेशी खेलाडीको भरमानै विराटनगरले दाबेदारी दिन सक्ने छ । यद्यपि करण केसीले टिममा कसरी समन्वय मिलाउन सक्छन् त्यो भने चासोको रूपमा रहने छ । विदेशी स्टारमा सिकन्दर रजा (जिम्बाब्वे), रायन पठान (क्यानडा),  चन्द्रपौल हेमराज (वेस्टइन्डिज), दिलशान मुनाविरा (श्रीलंका) को प्रदर्शनको भर विराटनगरलाई हुने छ । आशिफ शेख र सौरभ खनाल पनि चल्न सकेमा विराटनगरले दाबेदारी दिन सक्ने छ ।

याे पनि : विदेशी स्टारले चम्काउँदै ईपीएल

यो पटक भैरहवा ग्लाडिएटर्स पनि दाबेदारीमा अघि रहने छ । यो पटक नाम चलेका नेपाली खेलाडीको साथ भैरहवालाई छ । त्यसो त घरेलु क्रिकेटमा सफल कप्तान निभाएका शरद भेषवाकरको कप्तानीमा टिम सन्तुलित देखिन्छ । आरिफ शेख, रोहित पौडेल, अविनाश बोहरा, कुशल मल्ल, भुवन कार्की, प्रदीप एरीको विश्वास रहँदा विदेशी खेलाडीमा बंगलादेशी स्टार तमिम इक्बाल तथा श्रीलंकाकाक उपुल थंरगां धाम्मिका प्रशाद र शर्भिन मुनिएन्डी ब्याक फोर्सका रूपमा रहने छन् । त्यसैले यो पटक उपाधि दाबेदारीमा सर्वाधिक अघि पक्कैपनि भैरहवा रहेको छ ।

सन्दीप लामिछानेको काठमांडौं भने खेलअघिनै चर्चाको शिखरमा छ विशेष गरेर पाकिस्तानी अलराउन्डर ‘बुम-बुम’ साहिद अफ्रिदीको आगमनले काठमांडौंको स्क्वाडलाई छाँयामा पारेको छ । त्यसो त काठमाडौँका कप्तान लामिछाने सहित, राजु रिजाल, सिद्धान्त लोहनी र यसैपाली राष्ट्रिय टिममा डेब्यु गरेका गुल्सन झा लगायतले काठमांडौंलाई पनि प्रतिस्पर्धामा राख्ने छन् । शाहिद अफ्रिदी (पाकिस्तान), जनक प्रकाश (सिंगापुर),  रायन बर्ल (जिम्बाब्वे),  रहमनुल्लाह गुर्बज (अफगानिस्तान) को भेराइटी हेर्न लायक रहने छ ।

औषत स्क्वाड बिच राम्रो गर्न सक्ने टीका रूपमा चितवन टाइगर्स रहने छ। तर उसलाई सहज भने हुने छैन । सोमपाल कामीको कप्तानीमा रहेको चितवनमा यो पटक साबिकका कप्तान पृथ्यू बाँस्कोटा हुने छैनन् । तर धनगढी प्रिमियर लिगको उपाधि जितेको अनुभव सोमपालमा छ । उनलाई दिलिप नाथ, राजेश पुलामी, कमल सिंह एरी, शाहब आलाम लगायतको विश्वास रहने छ। त्यसो उसको आसा अफगानी स्टार मोहम्मद शाहजाद तथा करीम जनतमा हुँदा  सेक्कुगे प्रसन्ना (श्रीलंका), भीरनदिप सिंह (मलेसिया) पनि चल्न सक्ने विदेशी स्टारमा रहने छन् ।

पोखरालाई भने यो पटक दशैँमा नवदुल्लाह बन्दै गरेका राष्ट्रिय स्टार विनोद भण्डारीको साथ रहने छ । उनी टीका सबैभन्दा अनुभवी खेलाडी हुन् । उनलाई सुनिल धमला, रित गौतम र कान्छा खेलाडी अर्जुन कुमाल, विक्रम शोबको साथ रहँदा मुख्य रूपमा अपेक्षा भने दक्षिण अफ्रिकाका  रिचर्ड लेभी सँग रहने छ। उनलाई केसरिक विलियम्स (वेस्टइन्डिज),  असेला गुनरत्ने (श्रीलंका),  सहन अरचचिगे (श्रीलंका) ले साथ दिने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =