विदेशी स्टारले चम्काउँदै ईपीएल

काठमाडौँ । विश्व क्रिकेटका एक स्टार शाहिद अफ्रिदी नेपाल आइपुगेका छन् । शनिबारबाट शुरु हुने एभरेस्ट प्रिमियर लिग क्रिकेट खेल्न उनी बिहीबार काठमाडौँ आइपुगेका हुन् । उनले काठमाडौँ  किंग्सबाट ईपीएल खेल्दैछन् ।

उनीमात्र होइन ईपीएलमा विश्व क्रिकेटमा राम्रो छाप छोडेका खेलाडीहरू अनुबन्ध भएका छन् । उनीहरूमध्ये केही काठमाडौँ आइपुगेका छन् भने केही आउने क्रममा छन् ।

कोरोना कहरका कारण एक वर्ष धकेलिएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट शनिबारबाट सुरु हुँदैछ ।

गतवर्ष नै हुनुपर्ने प्रतियोगिताको चौथो संस्करण एक वर्षपछि धकेलिए पनि प्रतियोगिता भने रोमाञ्चक हुने छाँटकाँट देखिएको छ ।

केहि वर्षअघिसम्म नेपाली क्रिकेटरले मात्रै धान्दै आएको टी-२० फ्रेन्चाईज अब ‘अन्तरराष्ट्रिय स्तर’को बन्दै गएको आभाष हुन थालेको छ । विश्व चर्चित क्रिकेट खेलाडीको रोजाइमा समेत नेपालको घरेलु लिग परेपछि प्रतियोगिता थप रोमाञ्चक हुने आकलन गरिएको हो ।

योबीचमा घोषणा गरिएका विश्व क्रिकेटका केही वरिष्ठ खेलाडीहरू नआए पनि टेस्ट र एकदिवसीयमा लामो समय खेलेका खेलाडीको आगमन पक्का भएको छ । जसले स्वभाविक रुपमा टी-२० प्रतियोगितामा सुनमा सुगन्ध थपेको छ ।

गतवर्ष एभीडी भिलियर्स तथा क्रिस गेलजस्ता खेलाडी आउने भनिए पनि उनीहरूको आगमन सम्भव भएन । तर उनीहरूले चासो राख्दै समय अनुकूल मिले खेल्न आउने कुरा जानकारी दिएका छन् । यो पक्कै पनि नेपाली दर्शकका लागि खुसीको खबर हो ।
शनिबारबाट शुरु हुने प्रतियोगितामा पाकिस्तानी स्टार साहिद अफ्रिदी श्रीलंकाका लिजेन्ड तथा पूर्व कप्तान उपुल थारंगा, तथा दक्षिण अफ्रिकी लिजेन्ड रिचर्ड लेभी बंगलादेशका स्टार तमिम इक्बाल लगायतले खेल्नेछन् । जसले एकातिर नेपाली खेलाडीको एक्सपोज र अनुभव दिलाउनेछ भने घरेलु दर्शकले अन्तरराष्ट्रिय चर्चित नामहरू आँखै अगाडि देख्न पाउनेछन् ।

यो पनि : ईपीएल क्रिकेट शनिबारदेखि, कुन टिममा को को खेलाडी ?

यद्यपि उनीहरूले आफ्नो नामअनुसारको प्रदर्शन भने गर्न सक्लान् नसक्लान् त्यो त मैदानमै थाहा हुनेछ ।

कुन टीममा को विदेशी खेलाडी ?
विराटनगर वारियर्स : सिकन्दर रजा (जिम्बाब्वे), रायन पठान (क्यानडा), चन्द्रपौल हेमराज (वेस्टइन्डिज), दिलशान मुनाविरा (श्रीलंका)

काठमाडौँ किंग्स : शाहीद अफ्रिदी (पाकिस्तान), जनक प्रकाश (सिंगापुर), रायन बर्ल (जिम्बाब्वे), रहमनुल्लाह गुर्बज (अफगानिस्तान)

ललितपुर प्यट्रिएट्स : अज्मतुल्लाह ओमरजाई (अफगानिस्तान), ओशाडा फर्नान्डो (श्रीलंका), शनदुन विराक्कोडी (श्रीलंका) र मिक्यो दोर्जी (भुटान)

चितवन टाइगर्स : मोहम्मद सेहजाद (अफगानिस्तान), करीम जन्नत (अफगानिस्तान), सेक्कुगे प्रसन्ना (श्रीलंका), भीरनदिप सिंह (मलेसिया)

भैरहवा ग्ल्याडीएटर्स : तमिम इकबाल खान (बंगलादेश), उपुल थारंगा (श्रीलंका), धम्मिका प्रसाद (श्रीलंका), सर्भिन मुनिएन्डी (मलेसिया)

पोखरा राइनोज : रिचर्ड लेभी (दक्षिण अफ्रिका), केसरिक विलियम्स (वेस्टइन्डिज), असेला गुनरत्ने (श्रीलंका), सहन अरचचिगे (श्रीलंका)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *