ईपीएल क्रिकेट शनिबारदेखि, कुन टिममा को को खेलाडी ?

काठमाडौँ । चौथो एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा प्रतिस्पर्धा गर्ने टिम लगभग तयार भएका छन् । शनिबारबाट कीर्तिपुरमा शुरु हुने प्रतियोगितामा विराटनगर वारियर्स, ललितपुर पेट्रिएट्स, काठमाडौँ किङ्स इलाभेन, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र पोखरा राइनोजले  प्रतिस्पर्धा गर्नेछन् ।

यसपटक ईपीएलका टिमले विदेशका चर्चित खेलाडीहरूलाई भित्र्याएका छन् । जसका कारण पनि प्रतियोगिता आकर्षक बन्ने अपेक्षा गरिएको छ ।

उद्घाटनमा साविक विजेता ललितपुर र काठमाडौँ खेल्नेछन् । फाइनल खेल असोज २३ गते हुनेछ । विजेताले ५० लाख  रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, बंगलादेशका तमिम इकबाल, श्रीलंकाका उपुल थारंगा, धम्मिका प्रसाद, असेलाअसेला गुनारत्ने, दक्षिण अफ्रिकाका रिचर्ड लेवी, वेष्ट इण्डिजका चन्द्रपौल हेमराज, जिम्बावेका सिकन्दर राजालगायत खेलाडीलाई क्लबहरूले अनुबन्ध गरेका छन् ।

उनीहरूका कारण ईपीएलमा अन्तरराष्ट्रिय स्तरका फ्रेन्चाइजको झल्को आउने अनुमान गरिएको छ ।

कुन टिममा को को खेलाडी ?

भैरहवा ग्ल्याडियटर्स

विराटनगर वारियर्स

चितवन टाइगर्स

काठमाडौँ किंग्स एलाभेन

ललितपुर प्याट्रिअट्स

पोखरा राइनोज्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *