चौधरीलाई मुटुको धमनीको उपचार गर्न विशेषज्ञको सुझाव

काठमाडौँ । नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरीले आफूलाई मुटुको धमनीमा समस्या देखिएको बताएका छन् ।

शुक्रबार बेलुका ट्विटरमार्फत् चौधरीले गतहप्ता मुटुमा केही असहजता महसुस गरेकाले नर्भिक अस्पतालमा एन्जियोग्राफी गराएपछि दुवईस्थित अमेरिकन अस्पतालमा परीक्षण गराउँदा धमनीमा समस्या देखिएको बताएका हुन् ।

‘गतहप्ता मुटुमा केही असहजता महसुस भएकाले नर्भिकमा एन्जियोग्राफी गराएको थिएँ‚’ उनले भनेका छन्‚ ‘त्यसपश्चत् दुबईस्थित अमेरिकन अस्पतालमा थप परीक्षण गराउँदा पनि मुटुको धमनीको उपचार गर्न विशेषज्ञहरूले राय दिएको सम्पूर्णमा जानकारी गराउँदछु ।’

उनलाई हृदयघात भई दुबईस्थित अमेरिकन हस्पिटलमा भर्ना गरिएको समाचारहरू प्रकाशित भएका थिए ।

Image

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *