आजदेखि यामाहाको महाएक्सचेन्ज मेला

काठमाडौँ । दशैँ तिहार लक्षित गरेर पुरानो बाइक एक्सचेन्ज गरी नयाँ यामाहा बाइक वा स्कूटी घरमा भित्राउने महामेला आयोजना गर्ने भएको छ ।

एमएडब्लू इन्टरप्राइजेज, नेपालको लागि यामाहा बाइकहरूको आधिकारिक वितरकले यो वर्षको दशैँ तिहारलाई लक्षित गरेर पुरानो बाइक एक्सचेन्ज गरी नयाँ यामाहा बाइक वा स्कूटी घरमा भित्र्याउने महामेला आयोजना गर्ने भएको हो ।

आजदेखि १५ गतेसम्म भृकुटीमण्डप, काठमाडौँमा यामाहाको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजद्वारा नेपालकै सबैभन्दा भव्य एवं बृहत्तर एक्सचेन्ज कार्यक्रम यामाहा महाएक्सचेन्ज मेलाको सञ्चालन हुन लागेको कम्पनीले जनाएको छ ।

पुराना कुनै पनि ब्रान्डका बाइक तथा स्कूटरहरूसँग सट्टापट्टा गर्नेसमेत सुविधा भएको उक्त महामेलामा कुनै पनि पुरानो बाइकको मूल्य बजारमा प्रचलित रहेको भन्दा दश हजार बढी मूल्याङ्कन गरिने ग्यारेन्टी रहेको जनाएको छ ।

साथै हरेक दिन टेस्ट राइड गर्नेहरूमध्येबाट एकजनालाई सुन उपहारको व्यवस्था गरिएको छ भने शून्य प्रतिशत ब्याजदर, न्यून डाउनपेमेन्ट र न्यून मासिक किस्तासहितको अन द स्पट फाइनान्सको सुविधा पनि उक्त महामेलाको प्रमुख आकर्षण रहनेछ ।

यामाहा ग्राहकहरुलाई प्रदान गरिने उपहार सुविधाका अलावा यस मेलामा नेपाली बजारमा अत्यन्त लोकप्रिय रहेको एफ जेड भी ३ को यामाहा बाइक नयाँ प्रविधि एक्स कनेक्टका साथ पेश गरिने भएको छ ।

उपभोक्ताहरुका लागि दशैँ तिहारको अवसर पारेर स्क्य्राच गर्दा१ लाखसम्म नगद उपहार पर्ने, तथा हरेक हप्ता लक्की ड्रमा ४ तोला सुनको एक्का र बम्परमा १२ तोला सुनको एक्का उपहार पर्ने रेस फर द एस अफर योजना पनि संचालन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *