समाज कल्याण परिषद्का पदाधिकारीद्वारा सामूहिक राजीनामा

काठमाडौँ । समाज कल्याण परिषद्का पदाधिकारीले संयुक्त राजीनामा दिएका छन् । परिषद्का उपाध्यक्ष पद्मप्रसाद खतिवडा, सदस्य सचिव पुस्कर खाती र कोषाध्यक्ष लोकनाथ सुवेदीले संयुक्त राजीनामा दिएका छन् ।

यस्तै सदस्यहरू नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रम्हध्वज गुरुङ, मणिराम बञ्जाडे र संजयकुमार साहले बिहीबारै राजीनामा दिएको उपाध्यक्ष खतिवडाले जानकारी दिए ।

उनीहरूलाई एक वर्षअघि तत्कालीन केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *