त्रिशूलीमा कार खस्यो: तीन जना बेपत्ता, एक घाइते

चितवन । इच्छाकामना गाउँपालिका-५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । बिहीबार राति ११ः४५ बजे ग२च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घाइते हुनेमा पोखरा महानगरपालिका–१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी छन् । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ । घाइतेको अवस्था मध्यम रहेको छ ।

कारमा सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल सवार रहेको बताइएको छ । कारसहित उनीहरु बेपत्ता छन् । बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *