ज्ञानेन्द्रले पनि ईपीएल नखेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान तथा ललितपुर प्याट्रिएट्सका कप्तान ज्ञानेन्द्र मल्लले एभरेस्ट प्रिमियर लिग क्रिकेट नखेल्ने भएका छन् । व्यक्तिगत कारण देखाउँदै मल्लले यो सिजनको ईपीएल नखेल्ने जानकारी गराएका हुन् । ईपीएल शनिबारदेखि सुरु हुँदैछ ।

यसअघि राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र उपकप्तान दिपेन्द्र सिंह ऐरीले  पनि प्रतियोगिता नखेल्ने जनाइसकेका छन् ।

यो पनि : पारसले किन खेल्न चाहेनन् ईपीएल ?

के हो कारण ?

कप्तान ज्ञानेन्द्रले व्यक्तिगत कारण भनेपनि खासमा कारण भने त्यति मात्र होइन । ईपीएलका आयोजक आमिर अख्तरसँग पारस, ज्ञानेन्द्रलगायत खेलाडीको सम्बन्ध राम्रो छैन । खासगरी पोखरा प्रिमियर लिग-पीपिएल आयोजना हुन थालेपछि सम्बन्ध थप चिसो भएको हो ।

पीपीएलको आयोजनामा पारस ज्ञानेन्द्र लगायत खेलाडी सहभागी भएको भन्दै अख्तरले यसले नेपाली क्रिकेटको विकासमा असर पर्ने भन्दै नेपाल क्रिकेट संघ क्यानलाई इमेल लेखेपछि पारस, ज्ञानेन्द्र र नेपाल क्रिकेट संघ क्यानका सदस्य छुम्बी लामाले विज्ञप्ति नै निकालेर विरोध जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *