राष्ट्रपतिबाट संशोधित बजेट प्रमाणीकरण, बजेट खर्च गर्ने बाटो खुल्यो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ प्रमाणीकरण गरेकी छन् । संघीय संसद्को दुवै सदनले पारित गरेको विधेयकलाई राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी हुन् ।

यसअघि सरकारले ल्याएको संशोधित बजेटलाई संसद्का दुवै सदनबाट पारित गरेको थियो । पुर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक अघि सारेका थिए ।

नेपालमा भदौ ३१ गतेदेखि सरकारले संघीय सञ्चित कोषबाट खर्च गर्न नपाउने स्थिति थियो । अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गते नै निष्क्रिय भएको थियो भने वर्तमान सरकारले बजेट शून्यता निम्तिन नदिनेगरी समयमै प्रतिस्थापन विधेयक अघि सार्न सकेको थिएन ।

प्रमाणीकरणसँगै राजपत्रमा सूचना प्रकाशित भएपछि सरकारलाई बजेट खर्चको बाटो खुल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *