यस्तो बन्यो एकीकृत समाजवादीको पदाधिकारी ‘टिम’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले १८ सदस्यीय पदाधिकारी बनाएको छ । बिहीबार (आज) बसेको केन्द्रीय कमिटी बैठकले महासचिवसँगै ७ उपाध्यक्ष, ३ उपमहासचिव र ४ सचिवको टुङ्गो लगाएको हो ।

७ उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह र जयन्ती राई छन् भने महासचिवमा डा. बेदुराम भुसाल चयन भएका छन् ।

यस्तै उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधर र विजय पौडेल छन् । यस्तै नागेन्द्र चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्र राई र रामकुमारी झाँक्री सचिव तोकिएका छन् ।

सचिवालयले उपाध्यक्षमा ४ जनाको नाम प्रस्ताव गरेको थियो, जसमा राजेन्द्र, प्रमेश, धर्मनाथ र जयन्ती मात्र थिए । अहिले उपाध्यक्ष बनाइएका केशवलाललाई सचिवमा राखिएको थियो भने राजेन्द्र राई पदाधिकारीमा थिएनन् ।

तर राईलाई छुटाएकोमा असन्तुष्टि देखिएपछि केशवलाललाई उपाध्यक्षमा लगेर राईलाई सचिव बनाउने सहमति भएको सचिव गजन्नाथ खतिवडाले बताए ।

घनेन्द्र र मुकुन्द न्यौपानेलाई पनि उपाध्यक्ष बनाउने प्रस्ताव गरिएको थियो, मुकुन्द उपाध्यक्ष बस्न चाहेनन् । त्यसपछि केदार न्यौपानेलाई उपाध्यक्ष बनाइएर मुकुन्दलाई वरिष्ठ नेतापछिको नेता राखिएको छ । यससँगै न्यौपाने वरीयताका हिसाबले तेस्रो नं.मा रहनेछन् ।

बैठकले ३५ सदस्यीय स्थायी कमिटी, ७१ सदस्यीय पोलिटब्यूरो र वैकल्पिकसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *