प्रतिनिधि सभालाई सभामुखले बिरामी बनाउनुभयो‚ अब अपरेसन गर्नुपर्छ : कोमल वली

काठमाडौँ । राष्ट्रिय सभा सदस्य कोमल वलीले प्रतिनिधि सभालाई सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधि सभालाई बिरामी बनाएको आरोप लगाएकी छन् ।

बिहीबार राष्ट्रिय सभामा बोल्दै एमाले सांसद वलीले सभामुखले संसदलाई बिरामी बनाएको भन्दै सो बिमारको अपरेसन गर्नुपर्ने बताएकी हुन् ।

‘कुनै पनि व्यक्तिलाई चिनी रोग भयो भने, र त्यसलाई समयमै नियन्त्रण गरिएन भने त्यसका कारण धेरै रोगहरू उत्पन्न हुन्छन्, धेरै रोगहरू जन्मन्छन्, जसरी एउटा छालाबाट ज्याकेट बन्छ, ब्याग, बेल्ट, जुत्ता बन्छ, त्यसरी नै प्रतिनिधिसभाको कमजोरीका कारणले अन्य धेरै रियाक्सनहरू उत्पन्न हुन सक्छन्‚’ उनले भनिन्‚ ‘त्यो रियाक्सन रोक्न र त्योबाट उत्पन्न हुने खतरा रोक्नको लागि सभामुख इमान्दार हुनुपर्छ,सभामुखज्यूले त्यो कुर्सीको महत्त्व राख्न सक्नुपर्छ, महत्त्व राख्न नसक्नुका कारण, नियम पालना नगर्नुका कारणले गर्दा राष्ट्रियसभामा त्यसको असर पर्‍यो  र विभाजन हुन पुग्यो, अहिले प्रतिनिधिसभालाई सभामुखज्यूले बिरामी बनाउनुभएको छ ।’

सभामुखकै कारणले यो रोग बढ्दै गएमा सिटामोल, इन्जेक्सन, एन्टीबायोटिकले पनि नभ्याउने भन्दै अप्रेसन नै गर्नुपर्ने वलीले बताइन् । सभामुखको राजीनामा नै अपरेसन भएको भन्दै उनले सभामुख सापकोटाको राजीनामाको मागसमेत गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *