ग्रेट वाल मोटरको दशैं अफर, गाडी किन्दा ६ लाखसम्मको लाभ

काठमाडौँ । नेपालका लागि चिनियाँ मोटर उत्पादक कम्पनी ग्रेट वाल मोटर्स (जीडब्ल्यूएम)को आधारिक बिक्रेता भीजी इम्पेक्स प्रालिले चाडपर्वका लागि ग्राहक लक्षित योजना ल्याएको छ । ‘चाडपर्वको उमङ्ग, हेभल र पोअर चढी दङ्ग’ नारासहित ग्राहक लक्षित अफर ल्याएको हो । कम्पनीले दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ग्राहकले ग्रेट वालका गाडी खरिद गर्दा ६ लाखसम्मको लाभ हुने अफर ल्याएको हो ।

यी गाडीको खरिदमा आकर्षक नगद छुट, १ वर्षको निःशुल्क सडक कर, निःशुल्क पार्टपूर्जा, सहज फाइनान्सको सुविधा, १ वर्षको विस्तृत बीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । त्यस्तै, हेभलका गाडीहरुमा ५ वर्षको र पोरका गाडीमा ३ वर्षको वारेन्टी उपलब्ध रहेको जनाएको छ ।

कम्पनीका अनुसार ग्रेट वालका गाडीको शोरुम थापाथली, काठमाडौंमा अवस्थित छ । ग्राहकलाई देशभर सेवा प्रदान गर्न यसको नेटवर्क नेपालभरिका प्रमुख शहरहरुमा विस्तार गर्ने योजना छ । यूएन पार्क नजिकै चाकुपाट ललितपुरमा जीडब्ल्यू एमको सर्भिस सेन्टर चाँडै खुल्दैछ ।

यो अफर ग्रेट वालका दुई एसयूभी–थर्ड जेनेरेसन हेभल एच६ र हेभल जोलिअन र पीक–अप भ्यान पोअरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । नेपालको स्पोर्ट युटिलिटी भेइकल (सएयूभी) र पीक–अप बजारमा अग्रणी स्थानमा रहेर सेवा दिने लक्ष्य सहित आक्रामक बजार प्रवर्द्धन अभियान अनुसार जोलअन विश्वभरी नै अग्रणी मानिएको अर्बन एसयूभी सेग्मेन्ट अन्तर्गतको कार हो ।

थर्ड जेनेरेशन एच६ विश्वव्यापी प्रविधिको न्यू जेनेरेशन मोडल भएको कम्पनीले जनाएको छ । प्रचलित र हाइ–टेक विशेषताहरु नै यी गाडीहरुको सबैभन्दा आकर्षक पक्ष हुन् । विगत ११ वर्षदेखि चीनमा नम्बर १ बिक्री हुने एसयूभीमा हेभल रहेको छ । यसको विश्वव्यापी बिक्री ६५ लाख एकाई भन्दा बढी छ । हेभल एच६ को विश्वव्यापी बिक्री ३५ लाख एकाई भन्दा धेरै छ जसकारण यो ९५ महिनासम्म चीनमा सबैभन्दा धेरै बिक्री हुने एसयूभी भएको छ । यसैगरी चीनको घरेलु बजारमा मात्र हैैन, २३ वर्षसम्म लगातार सबैभन्दा धेरै निर्यात हुने पीक–अप पोअर चीनको नम्बर १ ब्राण्ड भएको छ । विश्वभरी १९ लाख बिक्री भएको यो ब्राण्डले घरेलु बजारको ५० प्रतिशत हिस्सा ओगटेको छ ।

ग्रेट वाल मोटर एसयूभी कार र पीक–अप उत्पादन गर्ने चिनियाँ कम्पनी हो । यस कम्पनीको उपस्थिति रुस, दक्षिण अफ्रिका, अष्ट्रेलिया, मध्य र दक्षिण अमेरिका, दक्षिण एसिया, मध्य पूर्व र अफ्रिका लगायतमा छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *