आइएमई मोटर्सको दशैँ-तिहार योजना सार्वजनिक

काठमाडौँ । आइएमई ग्रूपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरूको महान चाड दशैँ तिहारलाई लक्षित गरी ‘दशैँ तिहारको बहार पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ । जसअन्तर्गत कुनै पनि अशोक लेल्यान्ड गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने कम्पनीले जनाएको छ ।

चाडपर्वमा ग्राहकहरुले अफरलाई नै बढी प्राथमिकता दिने भएको हुँदा ग्राहकको माग अनुसार नै यो योजनालाई बजारमा ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए ।

कम्पनीका अनुसार अफरअन्तर्गत अशोक लेल्यान्डको दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्ट फोन साथै थप क्यास डिस्काउन्ट अथवा स्मार्ट टीभी साथै क्यास डिस्काउन्ट पाउन सकिनेछ ।

ग्राहकहरुले प्रत्यक आईसीभी हलेज, एमसीभी टिप्पर वा बस खरिदमा ३० ग्राम सुन अथवा आईफोन १२ प्रो म्याक्स अथवा टिभिएसको एनटर्क स्कुटर पाउन सक्ने कम्पनीले बताएको छ ।

यस्तै माथि उल्लेखित गाडीहरु मध्ये आईसीभी हलेज, एमसीभी टिप्पर वा बसमध्ये एकै पटक दुई वटा गाडीको खरिदमा ६० ग्राम सुन अथवा एप्पल म्याकबुक प्रो सार्थ आईफोन १२ प्रो म्याक्स अथवा रोयल ईन्फील्ड ३५० सीसी बुलेट बाईक पाउन सक्नेछन् ।

यस्तै कुनै पनि एचसीभी साथै आईसीभी टिप्परको एक वटा गाडी खरिदमा ३० ग्राम सुन अथवा आईफोन १२ प्रो म्याक्स अथवा टिभिएस एन्टर्क स्कुटर पाउन सक्नेछन् ।

त्यस्तै गरी दुईवटा एचसीभी र आईसीभी टिप्परको खरिदमा ६० ग्राम सुन सुन अथवा एप्पल म्याक बुक प्रो र आईफोन १२ प्रो म्याक्स अथवा रोयल ईन्फील्ड ३५० सीसी बुलेट बाईक पनि पाउन सक्नेसमेत कम्पनीले जनाएको छ ।

यो योजनाअन्तर्गत बम्परमा तीन जना भाग्यशाली जोडीलाई ५ रात ६ दिने युरोप टुरको पनि अफर ल्याएको कम्पनीले जनाएको छ । चाडपर्व लक्षित यो योजना मंसिर ३० गतेसम्म मात्र लागु हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *