क्रिकेटर विनोद भण्डारीले गरे सञ्चारकर्मी सोनिकासँग टिकाटालो

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य विनोद भण्डारीले सञ्चारकर्मी सोनिका अर्यालसँग टिकाटालो गरेका छन् । केही समयदेखि प्रेममा रहेका उनीहरूले बुधबार काठमाडौंमा एक समारोह आयोजना गरी औंठी साटासाट गरेका हुन् ।

उनीहरूबीच दसैंको टिकाका दिन बिहे गर्ने तय भएको छ । खेल पत्रकार सोनिका ग्यालेक्सी फोके टीभीमा कार्यरत छन् । क्रिकेटको रिपोर्टिङ गर्ने क्रममा विनोदसँग उनको चिनजान भएको र प्रेम सुरु भएको उनका निकटस्थहरू बताउँछन् । विनोद कञ्चनपुरका हुन् भने सोनिका गोर्खाकी ।

विनोद ओमान टुर सकेर मंगलबार मात्र स्वदेश फर्केका थिए । घरेलु क्रिकेटमा त्रिभुवन आर्मी क्लबलाई कप्तानको हैसियतमा नेतृत्व गर्दै आएका विनोद आसन्न एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजबाट मैदान उत्रिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *