अवरुद्ध मुग्लिन-नौविसे सडक ११ घण्टापछि सञ्चालन
२०७८ असोज ६ गते

फाेटाे फाइल
मुग्लिन । पहिराका कारण अवरुद्ध मुग्लिन- नौविसे सडक सञ्चालनमा आएको छ । यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना-४ नाग्दीखोला नजिकै खसेको पहिराका कारण गएराति ११ बजेदेखि दुईतर्फी अवरुद्ध बनेको सडक ११ घण्टापछि सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालयको दुई वटा लोडरले पहिरो पन्छाइ बिहान १० बजेदेखि सडक सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो पन्छाएसँगै सवारीसाधन गन्तव्य तर्फ लागेका छन् ।
२०७८ असोज ६ गते
प्रतिक्रिया








