जसले राजस्थानलाई हारबाट जोगाए

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० फर्म्याटमा विश्वको सर्वाधिक लोकप्रिय क्रिकेट फ्रेन्चाइज प्रतियोगिता हो । यसमा विश्वका उत्कृष्ट खेलाडीको दबदबा देखिन्छ । मनि, मसल  अनि मस्तिका लागि यो प्रतियोगितालाई लिइन्छ । तर सबै खेल त्यति रोचक हुँदैनन् जति मंगलबार राति भएको पञ्जाव र राजस्थानबिचको होस् ।

पहिलो ब्याटिङ गर्दै राजस्थान रोयल्सले १८५ रन बनायो । जवाफमा पञ्जाव १८३ रन मात्रै जोड्न सक्दा खेल दुई रनले गुमायो । पञ्जाव सहज जित तर्फ उन्मुख थियो । उसका लागि कप्तान केएल राहुल र मंयक अग्रवालले पहिलो विकेटका लागि १२० रनको साझेदारी गरे । अग्रवालले ६७ रन बनाउँदा राहुलले ४९ रन बनाए । त्यस्तै निकोलस पुरनले ३२ रन बनाउँदा एइडेन मारक्राम २६ रनमा नटआउट रहे ।

सुरुवाती ब्याट्सम्यानको सानदार प्रदर्शनपछि पञ्जाव सहज जित तर्फ उन्मुख भयो तर झट्का त्यतिबेला लाग्यो । जब भारतका युवा बलर कार्थिक त्यागि अन्तिम ओभर बलिङ गर्न आए । ६ बलमा ४ रन चाहिएको पञ्जाव केवल १ रन मात्रै जोड्न सक्यो । त्यागीले पहिलो बल  मार्करामलाई डट फाले । दोस्रो बलमा मार्करामले एक रन लिए । तेस्रो बलमा निकोलस पुरनलाई ३२ रनको अवस्थामा आउट भयो ।

अब पञ्जाबलाई ३ बलमा तीन रन आवश्यक थियो । चौथो बल पुन डट फाल्दै त्यागिले खेल राजस्थानको पक्षमा ढाले । पाँचौं बलमा दीपक हुड्डा आउट भए । अब अन्तिम बलमा पञ्जाबलाई तीन रन आवश्यक भयो । छैटौँ बलमा पनि कार्थिकले डट फालेपछि मैदानमा सन्नाटा छाएको थियो ।

त्यागि माथि दुवैले लगाएका थिए बोली
पूर्व यु-१९ टीमका सदस्य रहेका कार्थिक त्यागि यसै वर्ष आईपिएलमा आबद्ध भएका हुन् । बेस प्राइस १० लाख रहेका यि २० वर्षीय युवालाई राजस्थानले १.३ करोड मूल्यमा खरिद गरेको थियो । यिनलाई खरिद गर्न राजस्थान र पञ्जाबनै भिडेका थिए । अन्तिममा राजस्थानले १.३ करोडमा त्यागिलाई आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *