मध्यराति पहिरो खस्दा तीन दिदीबहिनीको मृत्यु

काठमाडौँ । गुल्मीमा अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर सुतिरहेका तीन दिदीबहिनीको मृत्यु भएको छ । रेसुंगा नगरपालिका वडा नम्बर ८ तम्घास थुम्का लाइनका तिलक परियारको घर पहिरोले पुरिएको हो ।

पहिरोले घर पुरिँदा तिलककी तीन छोरी २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र जमुना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। गंगा–जमुना जुम्ल्याहा हुन् । राति करिब १ बजे घरमाथिबाट पहिरो आएर घर भत्किँदा एउटै कोठामा सुतिरहेका तीनै जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

उनीहरुको शव स्थानीय, नेपाली सेना र नेपाल प्रहरीको टोलीले निकालेको थियो । घरकै अकोृ कोठामा सुतेका तिलक परियार, उनकी श्रीमती र अर्की छोरी भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई छिमेकीको घरमा सुरक्षित राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *