यूट्युबमा सर्वाधिक हेरिएको भिडिओ

काठमाडाैँ । विश्वभरि लोकप्रिय रहेको युट्युबमा दैनिक लाखौँ म्युजिक भिडिओ, सिनेमा, भ्लग, सिरिज लगायत भिज्युअल सामग्री अपलोड गरिन्छ । युट्युबमा राखिने भिडिओ कति हेरियो भन्ने कुरा चर्चाको विषय हुने गरेको छ ।

युट्युबमा अहिलेसम्म सबैभन्दा धेरै भ्यूज पाएको वा सर्वाधिक हेरिएको भिडिओ ‘बेबी सार्क डान्स’ हो । यो एक बालगीत हो जसलाई ‘पिङ्कफंग किड्स सङ्ग एण्ड स्टोरीज’ नामको कोरियाको युट्युब च्यानलबाट सन् २०१६ मा अपलोड गरिएको थियो । उक्त भिडिओ (यो जानकारी तयार पार्दासम्म) ९ अर्ब ३१ करोड ८० लाखभन्दा बढी पटक हेरिएको छ ।

त्यस्तै धेरै भ्यूज पाउनेमा दोस्रो स्थानमा रहेको छ लुइस फोन्सीको गीत ‘देसपासितो’ जुन भिडिओ ७ अर्ब पटक हेरिएको छ । तेस्रो स्थानमा ‘जोनी जोनी एस पापा’ बालगीत रहेको छ जुन भिडिओ ५ अर्ब ६५ करोड बढी पटक हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *