टोटनह्याम र चेल्सी भिड्दै

इङ्ग्लिस प्रिमियर लिगमा आज टोटनह्याम र चेल्सी खेल्दैछन् ।

टोटनह्यामका लुका मौरा र स्टेभन बर्गबविन आजको खेलमा नहुन सक्नेछन् । युरोपियन कन्फ्रेन्स लिगका क्रममा उनीहरू घाइते भएका थिए । त्यस्तै जेफत तानगांग सस्पेन्डमा छन् भने गियोभनिल लो सेल्सो, क्रिस्टियन रोमेरो तथा डाभिनसन सान्चेज क्वारेन्टीनमा छन् । सन ह्युङ मिन र एरिक डायर पनि मैदान उत्रने/नउत्रने टुङ्गो छैन ।

चेल्सीलाई भने खेलाडीको ठुलो इन्जुरीको चिन्ता छैन । उसका लागि फेरि पनि रोमेलु लुकाकु महत्वपूर्ण हुनेछन् । चेल्सीसँग टोटनह्यामले रेकर्डेड १०३ गोल व्यहोरेको छ । यी दुईबीच भएका ५८ प्रिमियर लिग भिडन्तमा सातवटामा मात्र टोटनह्याम विजयी भएको छ । सन् २००५ यता चेल्सीले लगातार तीन प्रिमियर लिग खेलमा टोटनह्यामलाई पराजित गरेको छ ।

प्रतियोगितामा म्यानचेस्टर युनाईटेड र वेस्टह्याम तथा लेस्टर र ब्राइटन पनि प्रतिस्पर्धा गर्दैछन् ।

प्रिमियर लिगमा लिभरपुल ५ खेलबाट १३ अंकका साथ शीर्ष स्थानमा रहँदा म्यानचेस्टर सिटी समान खेलबाट १० अंकका साथ दोस्रो स्थानमा छ । त्यस्तै एक खेल कम खेलेको युनाईटेड र चेल्सीको समान १० अंक हुँदा टोटनह्याम ९ अंकका साथ ७ औ स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *