एभर्टनले दियो लिभरपुललाई धक्का

काठमाडौं । एभर्टनले इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई २-० ले हराएको छ । डर्बी जितपछि एभर्टनको रेलिगेसनबाट बच्ने सम्भावना बलियो भएको छ भने लिभरपुललको लिग जित्ने सम्भावना कमजोर बनेको छ ।

एभर्टनको जितमा जारार्ड ब्रान्थवैट र डोमिनिक काल्भेर्ट लेविनले एक एक गोल गरेका थिए । यो जितपछि एभर्टनको ३४ खेलमा ३३ अंक भएको छ र लिगमा १६औं स्थानमा रहेको छ ।

त्यस्तै यो हारले लिभरपुल को ३४ खेलमा ७४ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । ३४ खेलमा ७७ अंकसहित आर्सनल शिर्ष स्थानमा रहेको छ । त्यस्तै दुई खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ खेलमा ७३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *