वेष्टइन्डिजविरुद्धको सिरिजमा ४ खेलाडी थपिए

वेस्टइन्डिजविरुद्धको पाँच खेलको टी–२० सिरिजमा चार खेलाडी थप गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले प्रतियोगिताअघि आयोजित प्रि–म्याच प्रेस कन्फ्रेन्समा चार खेलाडी थप गरिएको बताए।

थप गरिएका चार जनामा नेपाल ‘ए’ टिमका कप्ततान विनोद भण्डारीसहित सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बम रहेका छन्।

आयरल्याण्ड ‘ए’विरुद्ध भएको सिरिजका क्रममा तीव्र गतिका बलर कमल र ब्याटर लोकेश बमले उत्कृष्ट प्रदर्शन गरेका थिए। चार खेलाडी थपिएसँगै वेस्टइन्डिजविरुद्धको सिरिजमा घरेलु टोलीमा २० सदस्य रहेका छन्।

यसअघि क्यानले बिहीबार १६ सदस्यीय टोली सार्वजनिक गरेको थियो। जसमा एसीसी प्रिमियर कप खेलेको टोलीमा आकाश चन्द र आरिफ शेखलाई थपिएको थियो।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, विनोद भण्डारी, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बम रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *