यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

काठमाडौँ । संविधान सभाबाट नयाँ संविधान जारी भएको ६ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस मनाइँदै छ । संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी दिवस मनाइएको हो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अङ्गका प्रमुखलगायत सहभागी छन् ।

समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो । २०७२ असोज ३ गते संविधान सभाले नेपालको संविधान जारी गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *