नेपालद्वारा अमेरिकालाई १७५ रनको लक्ष्य

काठमाडौँ ।  विश्व क्रिकेट लिग २ अन्तर्गतको एकदिवसीय क्रिकेटमा नेपालले अमेरिकासामु कमजोर लक्ष्य प्रस्तुत गरेको छ।

ओमानस्थित अल अमरेत मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपाल ४८ ओभरमा १७४ रनमा अलआउट भयो।

नेपाली ब्याटिङ लाइन अप आजपनि चल्न सकेन । ओपनर कुशल भुर्तेलले ३६ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले ५५ रन बनाए । उनले १०५ बल खेल्दै करिअरको तेस्रो एकदिवसीय अन्तराष्ट्रिय अर्धशतक प्रहार गरे।

त्यस्तै डेब्यु खेलाडी गुल्नश झाले २८ रन बनाउँदा विनोद भण्डारी १० रनमा आउट भए । करन केसीले १२ र सन्दीप लामिछानेले १० रनको योगदान गरे ।

नेपालका पाँच खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

आशिफ शेख ३, रोहित पौडेल २ रन तथा कुशल मल्ल शुन्य रनमा आउट हुँदा सोमपाल कामी २ रन बनाएर पेभिलियन फर्किए । शुसन भारी २ रनमा नटआउट रहे ।

अमेरिकाका लागि सउरभ नेट्राभल्करले सर्वाधिक ४ विकेट लिंदै नेपाललाई दबाबमा राखे । यहि सिरिजको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *