विश्वकर्मा पूजा एवं वास्तु दिवस (तस्बिरहरु)

काठमाडाैँ । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि  लुकाउन भगवान् विश्वकर्माले समुद्रको बिचमा ‘भेद द्वारका’ बनाइ भगवान् कृष्णलाई त्यही लुकाएका थिए ।

एकै रातमा समुद्रको बिचमा ‘भेद द्वारका’ को निर्माण गरेकोले एउटा सफल वास्तुविद्को रूपमा मानी त्यसै समयदेखि विश्वकर्माको पूजा गर्ने परम्परा बसेको धार्मिक विश्वास रहिआएको छ । हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन कालिगडहरूले आफ्नो कलकारखानालाई विशेष रूपमा साएर विश्वकर्मा भगवान्को पूजा आराधना गरी विश्वकर्मा पूजा मनाउँदै छन् ।

आज यान्त्रिक, ढुवानीमा प्रयोग हुने सवारीसाधन, मेसिन, औजार को पूजा गरिन्छ ।कलकारखानामा भगवान् विश्वकर्माको माटो, बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो पर्व मनाउने गरिन्छ । आज पूजा गरेको विश्वकर्माको मूर्तिलाई भोलि साँझ बाजागाजा सहित नजिकैको मदिना लगी विधिपूर्वक सेलाइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *