आईसीसी विश्वकप क्रिकेट लिग-२

नेपाल आज अमरिकासँग खेल्दै

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले आज तेस्रो खेल अमेरिकाविरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार सवा ४ बजे शुरु हुँदै छ ।

यस अघि नेपालले गत सोमबार अमेरिकालाई पाँच विकेटले हराएर सिरिजको उत्कृष्ट सुरुवात गरेको थियो भने दोस्रो खेलमा घरेलु टिम ओमानसँग ५ विकेटले पराजित भएको थियो । नेपालले ओमान र अमेरिकासँग दुई दुई खेल खेल्नेछ ।

बिहीबारको खेलमा ओमानले अमेरिकालाई ४ विकेटले पराजित गरेको छ ।

ओमान र अमेरिकासितको विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खला खेल्न नेपाली टोली ओमान गएको हो । ज्ञानेन्द्र मल्लले कप्तानी गरेको टोलीमा गुल्शन झा, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोब छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *