विराटनगरको मुख्य प्रशिक्षकमा मनोज कटुवाल

काठमाडौँ । एभरेस्ट प्रिमियर लिगका लागि विराटनगर वारिवर्सले मनोज कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

विराटनगरले बिहीबार कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको हो । नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडीसमेत रहेका कटुवाल नेपाली राष्ट्रिय टिमको सहायक प्रशिक्षकसमेत भइसकेका छन् ।

नेपाल पुलिस क्लबका प्रशिक्षक रहेका कटुवाल पोखरा प्रिमियर लिगमा चितवन राइनोजको मुख्य प्रशिक्षक थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *