माधव कमरेडले लिएको बाटो सही छैन : अष्टलक्ष्मी

काठमाडौँ । नेकपा (एमाले) की उपाध्यक्ष तथा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपालले लिएको बाटो सही नभएको बताएकी छन् । बिहीबार (आज) एमाले काठाडौँले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाक्यले भनिन्, ‘अहिले फुटको राजनीति गरेर काम छैन । जुटको राजनीति गर्नेबेला हो यो ।’

नेपाल आफूहरू सबैको नेता भएको उल्लेख गर्दै शाक्यले पुनः पार्टीमा फर्किनसमेत आग्रह गरिन् । ‘तपाईंले लिएको बाटो सही छैन । मैले यसो भनेँ । तपाईं पुनः आउनुस्, सुदृढ एमाले बनाउनको लागि तपाईंको आवश्यक्ता छ,’ शाक्यले भनिन् ।

यस्तै नेपाली राजनीति गालीगलौजबाट चलिरहेको शाक्यले बताइन् । ‘अब नेपाली कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउँदै गालीगलौजको राजनीति हटाउनुपर्छ,’ शाक्यले भनिन्, ‘संस्कारको राजनीतिको आवश्यक्ता परेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *