राप्रपा गोरखाको अध्यक्षमा ढकाल

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गोरखाको अध्यक्षमा सुदी ढकाल निर्वाचित भएका छन् । यसअघि सचिव रहेका उनी चार जना प्रतिस्पर्धीलाई हराउँदै विजयी बनेका हुन् ।

मंगलबार भएको अधिवेशनमा ८२ मत खसेको मध्ये विजयी भएका ढकालले ६७ मत पाएका थिए । उनीसँग रामराज कोइराला, भगवानदास मल्ल, अम्बिका रुपाखेती, रामबाबु अर्याल पराजित भएका हुन् । जिल्लाको निर्वाचनमा एक सय ५७ मतदाता हुन् । ८२ बाहेकका अन्य भने उपस्थित भएनन् ।

अधिवेशनले ३१ सदस्यीय जिल्ला कमिटी चयन गरेको अध्यक्ष सुदी ढकालले बताए । निर्वाचित सदस्यबाट मनोनीत गरेर जिल्ला कार्यसमितिलाई छिट्टै पूर्णता दिने उनले बताए । गोरखाका कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपा बनाउने उनको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *