भोट हालेपछि सुहाङले भने- इलाम नयाँ युगमा अग्रसर छ, म जित्छु !

इलाम । इलाम-२ मा एमालेका तर्फबाट चुनावी मैदानमा रहेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन् । उनले सवा ७ बजे महेन्द्र रत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

मतदान गरेपछि सुहाङले उत्साहित भएको बताए । ‘उत्साह महसुस भएको छ । बुवा (सुवास नेम्वाङ) लाई सम्झेर भावुक पनि भएको छु’, उनले भने, ‘उम्मेदवार बनेर मतदान गरेको पहिलो अनुभव हो । उत्साहजनक रह्यो । जित निश्चित भन्नेमा म आशावादी छु । इलाम नयाँ युगमा अग्रसर भएको छ ।’

बिहान ७ बजेबाट मतदान सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । लामो लाइनमा बसेर इलाममा मतदाताले मतदान गरिरहेका छन् । उपनिर्वाचनमा १२ वटा राजनीतिक दल र सात स्वतन्त्रसहित १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *