संसदमा आज पनि एमालेको अवरोध (तस्बिरहरू)
२०७८ भदौ २९ गते
काठमाडौँ । प्रतिनिधि सभाको आगामी बैठक असोज ४ गते बस्ने भएको छ ।
मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकै बीच बसेको प्रतिनिधि सभाको बैठकले विनियोजन विधेयक, २०७८ बहुमतले पारित गरेपछि अर्को बैठक असोज ४ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो ।
आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव माथिको छलफलमा नेमकिपाका सांसद् प्रेम सुवाल सहभागी भएका थिए ।
२०७८ भदौ २९ गते
प्रतिक्रिया
सम्बन्धित