एमसीसी बलजफती लाद्न खोजे आगो बन्छौँ : विप्लव (भिडिओसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अमेरिकाले एमसीसी बलजफती लाद्न खोजेको बताएका छन् । सोमबार (आज) काठमाडौँमा आयोजित एमसीसीविरुद्धको विरोध सभालाई सम्बोधन गर्दै विप्लवले यस्तो बताएका हुन् । ‘अमेरिकाले नेपालमाथि जबरजस्ती रूपमा एमसीसी लाद्न खोजेको छ,’ विप्लवले भने, ‘यदि अझै बढी बलजफती गर्यो भने हामी आगो बन्छौँ । यो सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा छ ।’

अमेरिकाले जुन देशबाट आफ्नो राष्ट्रिय सुरक्षामा चुनौती हुन्छ, त्यहीँ एमसीसी लागू गर्ने गरेको उनले बताए । नेपालमा पनि लप्सीफेदीदेखि सुगौलीसम्म बनाइने विद्युतका टावरको सुरक्षा खतराका नाममा अमेरिकी फौज नेपाल आउने खतरा देखिएको विप्लवले बताए । ‘आज त हामी एउटा सानो झिल्को बोकेर काठमाडौंमा उत्रिएका छौँ । यदि एमसीसी जबरजस्ती पास गर्न खोजियो भने यो झिल्को राँको बन्छौँ, आगो बन्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *