बन्दुकको कुरा नगर्नुस्, हामीसँग जनता छन् : विप्लव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफूहरुसँग जनता भएको बताएका छन् । बन्दुक र तरबारभन्दा जनता शक्तिशाली भएको दाबी विप्लवको थियो । ‘पत्रकार बन्धुहरूले सोधिहाल्नुहुन्छ,’ विप्लवले भने, ‘तपाईंहरू मूलधारमा त आउनुभयो, तपाईंहरूको बन्दु चाहिँ खोइ त भनेर । साथीहरू बन्दुक र तरबारका कुरा नगर्नुस्, हामीसँग जनता छन् ।’

स्टालिनले जनतालाई ‘आमा’ को संज्ञा दिएको दृष्टान्त सुनाउँदै विप्लवले भनेका छन्, ‘हामीसँग जनता जोडिनुभएको छ । त्यसैले हामी २ वर्षपछि पुनः मोर्चामा आयौँ । साथीहरूले २ महिनामा हाम्रो पार्टीलाई सिद्ध्याउँछौँ भन्नुभएको थियो । तर, हामी आमाको साथका कारण फेरि यसरी संघर्षमा उत्रियौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *