एमसीसीविरुद्ध सडक संघर्षमा विप्लव (तस्बिरहरू)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ एमसीसीविरुद्ध सडक संघर्षमा उत्रिएका छन् । एमसीसीलाई राष्ट्रघाती भन्दै आएको विप्लव समूहले सडक प्रदर्शनसमेत गरेको छ ।

एमसीसीको विरोधस्वरूप समूहले संघीय राजधानी काठमाडौँको त्रिपुरेश्वर, लैनचौर र बबरमहलबाट नारा लगाउँदै जुलुस निकालेको छ ।

जुलुसलाई महासचिव विप्लवसँगै, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, स्थायी कमिटी सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’लगायतका नेताहरुले नेतृत्व गरेका थिए । ‘राष्ट्रघाती एमसीसी परियोजना खारेज गरौँ’, ‘राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौँ’लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएको जुलुस अहिले सुन्धारामा कोणसभामा परिणत भएको छ ।

कोणसभामा परिणत भएको कार्यक्रमलाई महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतले सम्बोधन गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *