मुसाले पनि सपना देख्छ

मानिसले सपना देख्ने कुरा त सबैलाई थाहा छ । मुसाले पनि सपना देख्ने कुरा पत्ता लागेको छ । वैज्ञानिकहरूले गरेको एक अध्ययनले निदाएको बेला मुसाले सपना देख्ने कुरा पत्ता लागेको हो ।

अध्ययनले मुसाले खानाको लागि दौडिएको र आफू फस्ने जालीबाट भागेको सपना देख्ने गरेको पत्ता लगाएको हो । धेरैजसो स्तनपायी जनावर निदाउँदा ‘आरइएम’ निन्द्रामा पुग्छन् ।

निन्द्राको ‘आरइएम’ अवस्थामा निन्द्रामा पनि दिमाग सक्रिय हुने भएकाले सपना देख्ने अवस्था हुने वैज्ञानिकहरूले बताएका छन् । मुसा पनि निद्रामा सोही अवस्थामा पुग्ने भएकाले सपना देख्ने गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *