बंगलादेशसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिम  दोस्रो मैत्रीपूर्ण खेलमा  बंगलादेशसँग बराबरीमा रोकिएको छ ।  पहिलो खेल २ -१ ले जितेको नेपाल दोस्रो खेलमा भने गोलरहित बराबरीमा रोकिएको हो ।

दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

नेपालकी गीता राना मस्ट भ्यालुएबल खेलाडी घोषित भइन् । एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *