दिपेन्द्रले त्रिकोणात्मक सिरिज गुमाउने

काठमाडौँ । गतसाता अभ्यासका क्रममा गोलिगाँठोमा चोट बोकेका नेपाली राष्ट्रिय टीमका उपकप्तान दिपेन्द्र सिंह ऐरीले विश्व क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरीज गुमाउने भएका छन् ।

उनले पपुवा न्युगिनीविरुद्धको एकदिवसीय अभ्यास खेल पनि गुमाएका थिए ।  उनको सोमबारको खेलका लागि एमआरआई गरिएको थियो ।

उक्त रिपोर्टपछि उनले सिरिज गुमाउने पक्का भएको हो । नेपालले सोमबार अमेरिकासँग पहिलो खेल खेल्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *